५ लाख बढि रकम सहित १८ जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

५ लाख बढि रकम सहित १८ जुवाडे पक्राउ

दाङ, १७ असोज । दाङ प्रहरीले २ स्थानबाट ५ लाख बढि रकम सहित १८ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति साढे १० बजे तिर राप्ती गाउँपालिका-५ सिसहनिया बजारमा रहेको दर्शन खाजा घरको कोठामा जुवा तास खेलिरहेको गोप्य सूचनाको आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले २ लाख ६० हजार १२५ रुपैंयासहित १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका ७ का ३७ वर्षीय दिपेन्द्र विक्रम शाह, वडा नं. ५ का २९ वर्षीय मोहन गाहामगर, वडा नं. ७ का २८ वर्षीय नारायण रोकामगर, वडा नं. ८ का ३० वर्षीय श्याम गुरुङ, वडा नं. ४ का २८ वर्षीय बसन्त बेल्वासे, वडा नं. ४ का ३० वर्षीय लक्ष्मण गिरी, वडा नं. ५ का ३० वर्षीय छोटेलाल चौधरी, वडा नं. ८ का ४५ वर्षीय बेलसिंह भैयामगर, वडा नं. २ का ३८ वर्षीय युवराज बुढा र रोल्पा सुनिलस्मृती गाउँपालिका ७ का २८ वर्षीय नारायण रोका मगर रहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

त्यस्तै दाङको बबई गाउँपालिका ३ धनुवासमा केशव भन्ने केश कुमार विकको घरमा जुवातास खेलिरहेको अवस्थामा २ लाख ६१ हजार ९९० रुपैयाँ सहित ८ जनालाई इलाका प्रहरी कार्यालय खिलतपुरले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बबई गाउँपालिका ३ धनुवास ३७ वर्षीय केशकुमार विक, सोही ठाउँका ४३ वर्षीय लोक बहादुर खड्का, ४९ वर्षीय पर्साराम बिक, २४ वर्षीय शेर बहादुर विक, २४ वर्षीय प्रेम पुन र वडा नं. ४ सुन्दरखालका ३२ वर्षीय बिमल भन्ने बिन बहादुर घर्ती, सोही ठाउँका २९ वर्षीय विक्की नेपाली र २९ वर्षीय भीम बहादुर भन्ने भाईलाल नेपाली प्रकाउ परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);