चोरीको १३ वटा मोटरसाइकलसहित ८ व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

चोरीको १३ वटा मोटरसाइकलसहित ८ व्यक्ति पक्राउ

विकास डाँगी,
दाङ । दाङमा प्रहरीले मोटरसाइकल चोरी गरी स्वरुप परिर्वतन गरेर बेच्ने ८ जनालाई १३ वटा मोटरसाइकलसहित पक्राउ गरेको छ । दाङबाट चोरी गरी रोल्पा र प्यूठान लगी मोटरसाइकल बिक्री गर्ने गिरोहलाई विभिन्न कम्पनीका १३ वटा मोटरसाइकल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चोरी गर्ने गिरोहका नाइके सहित ८ जनालाई प्रहरीले शुक्रबार जिल्ला प्रहरी कार्यालय दाङमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा एक जना भारतीय, ५ जना रोल्पाका, १ जना दाङ र १ जना प्युठानका रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

भारत बलरामपुर तुलसीपुर थानाका २२ वर्षीय मोहम्मद रफिक, दाङ घोराही १९ का १९ वर्षीय जाबेद खान र प्यूठान स्वर्गद्वारी नगरपालिका ३ जलुकेका २४ वर्षीय ठगिराम थापा, रोल्पा सुनिल स्मृती गाउँपालिका ३ सुलिचौरका २८ वर्षीय श्रीजात अन्सारी, लुङ्ग्री गाउँपालिका ४ नम्जाका २६ वर्षीय लेखनाथ विष्ट, सोही गाउँपालिका वडा नं। ५ बडाचौरका २५ वर्षीय टेकेन्द्र बिष्ट, वडा नम्बर ६ गुम्चालका २६ वर्षीय नुमबहादुर रोका क्षेत्री र २२ वर्षीय हिरा बहादुर बिष्ट रहेको प्रवक्ता रिजालले जानकारी दिए ।

पक्राउ परेका मध्ये श्रीजात अन्सारी ग्लोबल बजाज सर्भिस सेन्टर सुलिचौर रोल्पाका सञ्चालक रहेको र रोल्पामा उनले चोरीका मोटरसाइकल खरिद गर्न गिरोह परिचालन गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, प्युठानका थापा अटो पार्टसका सञ्चालक रहेको र उनले चोरीका मोटरसाइकल खरिद गर्ने र बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीमा दैनिक मोटरसाइकल चोरीका निवेदन आउन थालेपछि प्रहरी सहायक निरीक्षक युवराज गौतमको नेतृत्वमा टोली परिचालन गरेर गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);