सोलुखुम्बुमा अबिरल वर्षाका कारण जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सोलुखुम्बुमा अबिरल वर्षाका कारण जनजीवन प्रभावित

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा अबिरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । निरन्तरको वर्षाले पहिरोको जोखिम बढ्ने खतरा देखिएको छ । अधिकाशं पहाडी भूभाग भएको र बिकासका नाममा सडकको प्राविधिक मुल्याङकन बिना नै धेरै स्थानमा जथाभावी सडक खनेका कारण सर्वसाधारणमा पहिरो जाने चिन्ता थपिएको छ ।

सदरमुकाम सल्लेरी नजिकै रहेको साल्मेमा पहिरो जानसक्ने भएकोले सोलुखोला र लिखु खोलामा निर्माणधिन हाइड्रोपावरका कामदार तथा कर्मचारीहरुलाई सुरक्षित स्थानमा राख्नुपर्ने बताईएको छ । बुलिडाँडामा गएको पहिरो भने प्रहरीले हटाएको छ ।

निरन्तरको वर्षाका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै जिल्लाभरका प्रहरी कार्यालयहरुलाई उच्च सर्तकताकासाथ उद्दारकालागी तयारी अवस्थामा बस्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मौसम खुल्ने कुनै सम्भावना नदेखिएको र जिल्लाका दुधकोसी, सोलु खोला र लिखु खोलामा बाढी आएका कारण त्यस आसपासका क्षेत्रमा बस्ने सर्वसाधारणलाई बढी खतरा छ । वर्षाले कच्ची सडकहरु बिगारेको छ । कैयौं बस्तीमा पहिरोको जोखिम देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);