वर्षाका कारण घर भत्किंदा तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वर्षाका कारण घर भत्किंदा तीन जनाको मृत्यु

rain

काठमाडौं, १८ असार । अविरल वर्षाका कारण देशैभरको जनजीवन प्रभावित भएको छ ।

वर्षाका कारण बाढी, पहिरो र डुबानका समस्या निम्ति जनजीवन प्रभावित भएको हो । रोल्पाको रुन्टीघडी गाउँपालिका–५ मा वर्षाका कारण घर भत्किंदा तीन जनाको मृत्यु भएको छ । बाँकेको वैजनाथ गाउँपालिका–३ स्थित वनकटुवामा जेठी नालामा आएको बाढीले बगाउँदा ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएका छन् ।

बाढीका कारण भरतपुर–माडी–ठोरी हुलाकी सडक अवरुद्ध भएको छ । बाढीले माडी नगरपालिकामा रौतनी खोलाको पुल भाँचेको छ । खोलामा पानीको बहाब उच्च भएपछि स्थानीय प्रशासनले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);