सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल अवरुद्ध

lukla airport

काठमाडौं, १८ असार । बाक्लो हुस्सु र सिमसिम पानी परेकाले सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल अवरुद्ध भएको छ ।

विमानस्ल अवरुद्ध भएपछि लुक्लामा अवतरण भएको विमान समेत थन्किएको छ । तारा एयरको नाईन एनए केके कल साईन भएको विमान लुक्लामै थन्किएको हो । विमानले उडान भर्न नसक्दा पर्यटकहरु अलपत्र परेका छन् । तत्काल मौसममा सुधार नहुने भएपछि यात्रु पैदल यात्रा गर्न बाध्य भएका छन् ।

आइतबार केहि पर्यटकहरुले शुर्केबाट हेलिकप्टर चार्टर गरी फर्किए पनि आजबाट हेहिकप्टर समेत अवतरण हुन सकेको छैन । लुक्लामा अहिले विदेशी तथा स्वदेशी गरी १ सय भन्दा धेरै पर्यटक काठमाडौ फर्किने तयारीमा रहेका छन् ।

ताजा समाचार