कैलालीको दक्षिणी पूर्वी क्षेत्र डुबानमा, एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कैलालीको दक्षिणी पूर्वी क्षेत्र डुबानमा, एकको मृत्यु

पाण्डव पुजारा

कैलाली, १८ असार । आइतबारदेखिको अविरल बर्षाका कारण कैलालीमा १ सय भन्दा धेरै घर डुबानमा परेका छन्। कैलालीको भजनी नगरपालिका लगायतका दक्षिणी पूर्वी क्षेत्र डुबानमा परेको छ ।

घर डुबानमा परेर एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ की ६५ वर्षीया झुना रानाको मृत्यु भएको हो । डुबानमा परेको स्थानमा प्रहरी उद्दारको लागि खटिएको छ भने प्रभावितलाई सुरक्षित स्थानमा सारिएको छ ।

कैलाली बर्सेनि डुबानमा पर्ने गरेको छ तर व्यवस्थापको लागि सरकारले चासो नदिएको स्थानीयले आरोप लगाएका छन् ।

त्यस्तै धनगढी उपमहानगरपालिका समेत डुबानमा परेको छ । धनगढी बजारको शिवनगर, क्याम्पस रोड, हसनपुर, त्रिबेणी चोक, सन्तोषी टोल, बिशालनगर लगायतका क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेको छ । तर स्थानीय सरकारले भने विपद् व्यवास्थापनको लागि प्रत्येक वडामा अभियान चलाइ रहेको दाबी गरेको छ ।

बर्सेनि बाढी पहिरो र डुबानले धनजनको क्षति हुन्छ तब विपद् व्यवास्थापनको आवाज उठ्ने गरेको छ । समयमै विपद् व्यवास्थापनको तयारी गर्ने हो भने कैलालीबासी बर्सेनि डुबानको त्रासमा बस्नु पर्ने थिएन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);