डडेल्धुराको रंगुन नदीमा पक्की पुल बन्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

डडेल्धुराको रंगुन नदीमा पक्की पुल बन्ने

विमल जैरु, डडेल्धुरा । डडेल्धुराको रंगुन नदीमा पक्की पुल बन्ने भएको छ । बर्षाको समयमा जोखिम मोलेर आवात–जावात गर्न बाध्य भएका स्थनीय पुल बन्ने भएपछि खुसी भएका छन् ।

डडेल्धुराको पर्शुराम नगरपालिकाको वडा नम्बर ५ र १२ लाई जोड्ने रंगुन नदीमा २ सय ५० मिटर लम्बाईको पुल निर्माण भइरहेको छ । सो पुल बनेसँगै नगरपालिकाको १,२,५,४ र ६ का स्थानीयलाई सहज हुने छ । वर्षातको समयमा जोखिम मोलेर नदी तर्नु पर्ने बाध्यता हट्ने भएपछि स्थानीय खुसी भएका छन् ।

रंगुन नदीमा पुल निर्माण पश्चात भित्रि मधेश क्षेत्रको विकासमा समेत टेवा पुग्ने छ भने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि सहज हुने नगरपालिकाको भनाई छ ।

डिभिजन सडक कार्यालय कुलपाते डोटीको ११ करोड रुपैंयाँको लागतमा पुल बनाउन लागिएको हो । पुल निर्माण पश्चात कञ्चनपुरेदेखि डडेल्धुराको भागेश्वर गाउँपालिकासम्म सडक संजालले जोडिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);