डडेल्धुरामा निर्माणाधिन पुल भत्कियो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डडेल्धुरामा निर्माणाधिन पुल भत्कियो

विमल जैरु
डडेल्धुरा, १३ साउन । डडेल्धुराको भागेश्वर र अजयमेरु गाउँपालिकाबीचमा पर्ने सेरागाडमा निर्माणाधीन पक्की मोटरेवल पुल भत्किएको छ । निर्माण कम्पनीको लापरबाहीले निर्माणाधीन पुल भाँच्चिएको हो ।

डडेल्धुराको सेरागाडामा निर्माण सम्पन्न नहुँदै पक्की मोटरेवल पुल भत्किएको हो । ४० मिटर लम्बाई भएको पुलको बिम राखेको चार दिनपछि पछि स्ल्याप भाँचिएको हो । बिम बीचबाट भाँचिएपछि पुल क्षतिग्रस्त भएको छ ।

सो पुल बिकोइ विल्डर्स काठमाडौंले बनाइ रहेको छ । निर्माण कम्पनीको लापरबाहिले पुल भाँचिएको सरोकारवालाको भनाइ छ ।

डिभिजन सडक कार्यालय कुलपातेका इन्जिनियर महानन्द जोशीले भने बाढीले बगाउँदा पुल भत्किएको बताए । सो पुल निर्माण भए डडेल्धुरासँगै बैतडीको तल्लो स्वराड क्षेत्रका स्थानीयलाई पनि सहज हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);