'शिक्षा र स्वास्थ्य क्षेत्रमा विदेशी लगानी आवश्यक छैन' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘शिक्षा र स्वास्थ्य क्षेत्रमा विदेशी लगानी आवश्यक छैन’

काठमाडौं, १३ साउन । शैक्षिक परामर्शदाताहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा विदेशी लगानी आवश्यक नरहेको बताएका छन्।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) लगायत शैक्षिक परामर्शको क्षेत्रमा कार्यरत संस्थाहरुले विदेशी लगानी भित्र्याए नेपालको शिक्षा र स्वास्थ्य क्षेत्र संकटमा फस्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेलले शैक्षिक परामर्श क्षेत्रमा विदेशी लगानीको आवश्यक्ता नरहेको बताए ।

फेकनका अध्यक्ष युवराज कटवालले विदेशी विद्यार्थीहरुलाई नेपाल भित्र्याएर मुलुकलाई समृद्ध बनाउन नेपालका शैक्षिक परामर्शदाता संस्थाहरु सक्षम रहेको दाबी गरे ।

कार्यक्रममा शैक्षिक परामर्शदाताहरुले नेपालका शैक्षिक परामर्श दाता कम्पनीहरुलाई नियमन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);