एनआरएनए एकेडेमीको १० औँ विश्व सम्मेलन काठमाडौंमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एनआरएनए एकेडेमीको १० औँ विश्व सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं, २५ असोज । गैर आवासीय नेपाली संघ, एनआरएनए एकेडेमीको को १० औँ विश्व सम्मेलन काठमाडाैंमा शुरु भएको छ ।

गैर आवासीय नेपाली संघ नेपाल एकेडेमीले नेपालको बिकासको लागि शिक्षा, स्वास्थ्य, औद्योगिक लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । सरकारले रोजगारी, बसाइ या शिक्षाको सन्दर्भमा अन्य देशमा वसोवास गर्ने नेपालीलाई नेपालमा लगानी गर्न व्यवस्था गरे पछि उनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् ।

सम्मेलनमा नेपालमा नलेज सिटी शहर निर्माण गरी देशको चौतर्फी बिकासमा सहयोग पुर्‍याउने लक्ष्य रहेको डा. प्रमोद ढकालले बताउनु भयो ।

गैर आवासीय नेपाली एकेडेमीले बिदेशीएका शिक्षित नेपालीलाई देशमै भित्र्याएर नेपाललाई शैक्षिक रुपमा सबल बनाउने प्रयास गरिरहेको नेपाल बिज्ञान संघका अध्यक्ष डा. राजु अधिकारीले जानकारी दिनु भयो ।

अहिले नेपालका विभिन्न क्षेत्रहरुमा गैर आवासीय नेपालीहरुको लगानी र सहयोग बढ्दै गएकाले पनि ज्ञान र बिज्ञानको क्षेत्रमा नेपाललाई सबल बनाउन बिदेशीएका दक्ष जनशक्तिलाई नेपालमा ल्याउनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);