एनआरएनद्वारा 'गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान’ को स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एनआरएनद्वारा ‘गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान’ को स्थापना

NRN khelkud pratisthan

काठमाडौं, १७ असोज । गैर आवासीय नेपाली संघ एनआरएनएले ‘गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान’ को स्थापना गरेको छ । एनआरएनएले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतिष्ठान स्थापना गरिएको जानकारी दिएको हो ।

गैर आवासीय नेपाली खेलाडीहरुलाई पनि राष्ट्रिय खेलकुदमा आवद्ध गराउने उद्देश्यले सो प्रतिष्ठान स्थापना गरिएको गैर आवासीय नेपाली संघ,युवा तथा खेलकुद समितिका संयोजक सुदन थापाले जानकारी दिनु भयो ।

प्रतिष्ठानले नेपालको खेलकुद क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय सहायता जुटाउने काम पनि गर्ने एनआरएनएले जनाएको छ । एनआरएनएले आफ्नो विश्व सम्मेलनको अवसर पारेर राजधानीमा विभिन्न खेलकुद र प्रदर्शनी आयोजना गर्ने पनि घोषणा गरेको छ ।

एनआरएनएको विश्व सम्मेलन आगामी असोज २८ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);