आठौं राष्ट्रिय खेलकूदमा एनआरएनए सहभागी हुने, ७ राष्ट्रको खेलाडी बिच प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आठौं राष्ट्रिय खेलकूदमा एनआरएनए सहभागी हुने, ७ राष्ट्रको खेलाडी बिच प्रतिस्पर्धा

aathau rastriya khelakud

काठमाडौं, १० चैत । आठौं राष्ट्रिय खेलकुदमा गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पनि भाग लिने भएको छ ।

गैर आवसीय नेपाली संघ (एनआरएनए) ले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आठौं राष्ट्रिय खेलकुदमा विभिन्न ७ राष्ट्रबाट ९ खेलमा २४ खेलाडीले सहभागिता जनाउने जानकारी दिएको हो । नेपालको खेलकुद क्षेत्रको विकासका लागि अन्तराष्ट्रिय क्षेत्रबाट पनि आवश्यक सहयोग जुटाउन आफूहरुको तर्फबाट पनि सो खेलकुद प्रतियोगितामा भाग लिने निर्णय गरिएको एनआरएनका अध्यक्ष भवन भट्टले जानकारी दिए ।

प्रतियोगितामा एनआरएनएको तर्फबाट कराँते, जुडो, ब्याटमिन्टन, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिङ खेलका लागि २४ जना खेलाडी सहभागी हुनेछन् । अध्यक्ष भट्टले प्रतियोगितामा अमेरिका, अष्ट्रेलिया, जापान, हङकङ, मकाउ, मलेसियालगायतका गैर आवासीय नेपाली खेलाडीहरु सहभागी हुने पनि स्पष्ट पारे । पहिलो पटक राष्ट्रिय खेलकुदमा एनआरएनएका खेलाडीले सहभागिता जनाउन लागेका हुन् । आठौं राष्ट्रिय खेलकुद चैत अन्तिम साताबाट हुने बताईएको भएपनि मिति भने तोकिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);