युरोकप फुटबल : जर्मनीको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

युरोकप फुटबल : जर्मनीको विजयी सुरुवात

jarmaey-netherlands

काठमाडौं, ११ चैत । युरोकप फुटबल ट्वान्टी ट्वान्टी को छनौटमा जर्मनीले विजयी सुरुवात गरेको छ ।

छनौट चरणको समूह सीमा रहेको जर्मनीले आइतबार राति भएको खेलमा नेदरल्याण्डसमाथि ३–२ को जित निकाल्दै युरोकपको छनौट यात्रामा विजयी सुरुवात गरेको हो । अवे मैदानमा भएको खेलमा ९० औँ मिनेटमा निको स्कुल्जले गरेको गोल निर्णायक बन्यो । पहिलो हाफमा जर्मनीका लागि लिरोय र सेर्गीले गोल गरेका थिए । नेदरल्याण्डसका लागि दोस्रो हाफमा म्याथिज्स र मेम्फिसले गोल गरेका हुन् । खेलमा २–२ को बराबरी भएको अवस्थामा ९० औँ मिनेटमा निकाले गोल गर्दै जर्मनीलाई जित दिलाएका हुन् ।

यो जितलाई जर्मनीले नेदरल्याण्डसमाथि लिएको बदलाका रुपमा हेरिएको छ । गएको नोभेम्बरमा नेदरल्याण्डसले जर्मनीलाई अन्तिमको पाँच मिनेटमा दुई गोल गर्दै पराजित गरि नेशन्श लिगको फाइनमा पुगेको थियो । आइतबार राति नै भएको अर्को खेलमा बेलारुसमाथि २–१ को जित निकाल्दै नर्दन आयरल्याण्डले छनौटमा लगातार दोस्रो जित निकालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);