युरोकप फुटबल : जर्मनी र नेदरल्याण्डस विजयी, उत्तरी आयरल्याण्ड स्तब्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

युरोकप फुटबल : जर्मनी र नेदरल्याण्डस विजयी, उत्तरी आयरल्याण्ड स्तब्ध

Netherlands-beat-Germany

एजेन्सी, २४ भदौ । युरोकप फुटबलको छनौट अन्तर्गत सोमबार राति भएको समूह चरणको खेलमा जर्मनी विजयी भएको छ । समूह सी अन्तर्गतको खेलमा जर्मनीले उत्तरी आयरल्याण्डलाई २–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा जर्मनीलाई जिताउन मार्सेल हाल्स्टेनबर्ग र सर्गी ग्नाब्रीले गोल गरेका हुन्। दुवै गोल दोस्रो हाफमा भएको हो । ४८ औँ मिनेटमा मार्सेल र इन्जुरी समयको दोस्रो मिनेटमा ग्नाब्रीले गोल गरेका हुन् । जीतपछि पाँच खेलबाट १२ अंक बनाएको जर्मनी समूहको शीर्ष स्थानमा उक्लिएको छ ।सोही समूह अन्तर्गत सोमबार राति नै भएको खेलमा नेदरल्याण्डसले इस्टोनियालाई ४–० ले पराजित गरेको छ ।

डच टिमको जितमा रायन बाबेलले दुई, मेम्फिस डिपेयी र जर्जि्नियो विनाल्डमले एक एक गोल गरे । जितपछि चार खेलबाट ९ अंकसहित नेदरल्याण्डस समूहको तेस्रो स्थानमा छ । १२ अंक नै रहेको उत्तरी आयरल्याण्ड दोस्रो स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);