महिला विश्वकप फुटबल: फ्रान्सद्वारा नर्वे पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

महिला विश्वकप फुटबल: फ्रान्सद्वारा नर्वे पराजित

France vs norway

काठमाडौं, ३० जेठ । महिला विश्वकप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा फ्रान्सले आफ्नो विजयी यात्रा कायम राखेको छ ।

समूह चरण अन्तर्गत बुधबार राति भएको दोस्रो खेलमा फ्रान्सले नर्वेलाई २–१ ले पराजत गरेको छ । पहिलो हाफमा गोल रहित भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको हो । ४६ औँ मिनेटमा भालेरिइ गौविनले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाइन् । तर ५४ औँ मिनेटममा फ्रान्सकै वेन्डी रेनाकर्डले आत्मघाती गोल गरिन् । ७२ औँ मिनेटमा फ्रान्सले पेनाल्टी पायो । त्यसलाई सदुपयोग गर्दै युजिन ली सोमरले गोल गरिन् र फ्रान्सलाई जित दिलाइन् ।

सोही समूह अन्तर्गतको खेलमा नाइजेरियाले दक्षिण कोरियालाई २ –० ले पराजित गरेको छ । यसैगरी समूह बी अन्तर्गत बुधबार राति नै भएको खेलमा जर्मनीले स्पेनलाई पराजित गरेको छ । स्पेनमाथि जर्मनीले १–० को जित निकालेको हो । जर्मनीको जितमा ४२ औँ मिनेटमा सारा डाब्रिटेजले गरेको गोल नै निर्णायक बन्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);