महिला विश्वकप फुटबल: अस्ट्रेलियाद्वारा ब्राजिल पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

महिला विश्वकप फुटबल: अस्ट्रेलियाद्वारा ब्राजिल पराजित

australia vs brazil

काठमाडौं, ३१ जेठ । फ्रान्समा जारी महिला विश्वकप फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा अस्ट्रेलिया विजयी भएको छ ।

समूह सी अन्तर्गतको खेलमा पहलिो हाफमा पछि परेको अस्ट्रेलियाले ब्राजिललाई ३–२ ले पराजित गरेको हो । ब्राजिलका लागि विएइरा डा सिल्भाले २७ औँ मिनेटमा पेनाल्टी मार्फत तथा रोजेइरा डी रोउजा सिल्भाले ३८ औँ मिनेटमा गोल गरेर सुरुवाति अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा फूर्डले अस्ट्रेलियाका लागि एक गोल फर्काइन् । दोस्रो हाफमा अस्ट्रेलियाले एक गोल थप गर्न सक्यो भने एउटा उपहार गोल पायो । लोगार्जोले ५८ औँ मिनेटमा गोल गरिन् । ६६ औँ मिनेटमा ब्राजिलकी हिक्म्यानले आत्मघाती गोल गरेपछि अस्ट्रेलियाको जित निश्चित भयो ।

अस्ट्रेलियाले विश्वकपको समूह चरणमा कुनै पनि दक्षिण अमेरिकी टिमलाई पराजित गरेको पछिल्लो २४ वर्षमा यो पहिलो पटक हो । समूह सी मा रहेका ब्राजिल, इटाली र अस्ट्रेलियाको समान तीन अंक भएको छ ।यस्तै समूह बी अन्तर्गत बिहीबार राति नै भएको खेलमा चीनले दक्षिण अफ्रिकालाई १–० ले पराजित गरेको छ । चीनको जितमा ४० औँ मिनेटमा लीले गरेको गोल नै निर्णायक बन्यो ।लगातार दुई खेलमा हारेको दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । यस्तै यो समूहमा लगातार दुई जित निकालेको जर्मनी अघिल्लो चरण पुग्ने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);