मेसेडोनियासँग जर्मनी २–१ गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मेसेडोनियासँग जर्मनी २–१ गोल अन्तरले पराजित

एजेन्सी, १९ चैत । कतारमा हुने विश्वकप फुटबल २०२२ को छनौट चरण अन्तर्गत बुधबार राति भएको खेलमा जर्मनी पराजित भएको भएको छ ।

युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह जे मा रहेको जर्मनी उत्तरी मेसेडोनियासँग २–१ गोल अन्तरले पराजित भएको हो । जर्मनीलाई उसकै मैदानमा हराउने क्रममा उत्तरी मेसेडोनियाका लागि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा पान्डेव र ८५ औँ मिनेटमा एल्मासले गोल गरे ।

घरेलु टोली जर्मनीका लागि ६३ औँ मिनेटमा पाएको पेनाल्टीमा इल्काइ गुण्डोगानले एक गोल फर्काए । पराजित भएको जर्मनी ३ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ । समान ६ अंकसहित उत्तरी मेसेडोनिया दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरि बुधबार राति नै भएको अर्को खेलमा रोमानियालाई ३–२ गोल अन्तरले अर्मेनियाले पराजित गर्यो भने, आइसल्याण्डले लिचेस्टाइनलाई ४–१ गोल अन्तरले पराजित गर्न सफल रह्यो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);