विश्वकप २०२२ छनौट खेलमा बोजनियामाथि फ्रान्सले जित निकाल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विश्वकप २०२२ छनौट खेलमा बोजनियामाथि फ्रान्सले जित निकाल्यो

एजेन्सी, १९ चैत । विश्व विजेता फ्रान्सले विश्वकप २०२२ को छनौट खेलमा जित निकालेको छ ।

बुधबार राति आवे मैदानमा भएको खेलमा एन्टोनी ग्रिजम्यानको गोलसँगै युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह डी मा रहेको फ्रान्सले बोजनिया–हर्जगोविनालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

फ्रान्सको जितमा ६० औँ मिनेटमा ग्रिजम्यानले गरेको गोल नै निर्णायक बन्यो । जितपछि शीर्ष स्थानको फ्रान्सको तीन खेलबाट सात अंक भएको छ । सोही समूहको अर्को खेलमा युक्रेन र काजखस्तानले १–१ को बराबरी खेलेका छन् ।

यसैबिच समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा इटाली विजयी भएको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा इटालीले लिथुवानियालाई २–० ले पराजित गरेको हो । सोही समूहको अर्को खेलमा बुल्गेरिया र उत्तरी आयरल्याण्डले गोलरहित बराबरी खेलेका छन् ।

इटाली ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । यसैगरि समूह आई अन्तर्गत शीर्ष स्थानको डेनमार्कले लगातार तेस्रो जित दर्ता गरेको छ ।

डेनमार्कले अस्ट्रियालाई ४–० ले पराजित गरेको हो । यस्तै सोही समूहको अर्को खेलमा इजरायलले माल्डोभालाई ४–१ तथा स्कटल्याण्डले फारोइ आइल्याण्डलाई ४–० ले पराजित गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);