१९ औं सस्करणको आहा रारा गोल्डकपको सम्पूर्ण तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

१९ औं सस्करणको आहा रारा गोल्डकपको सम्पूर्ण तयारी पुरा

कास्की, १९ चैत । १९ औं संस्करणको आहा रारा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको आयोजक सहारा क्लवले जानकारी दिएको छ । आयोजक सहारा क्लबले पत्रकार सम्मेलन गरी यही चैत २१ देखि २८सम्म हुन लागेको १९ औं संस्करणको आहा रारा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

तयारी पुरा भएसँगै आयोजकले खेल तालिका पनि सार्वजनिक गरेको छ । २१ गते हुने उद्घाटन खेलमा आयोजक सहारा क्लबले र शसस्त्र प्रहरीको एपिएफ क्लवसँग भिड्ने भएको छ । पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले उद्घाटन गर्ने कार्यक्रम तय भएको क्लवका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिए ।

त्यसै गरी प्रतियोगिताको समापन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वाले गर्ने कार्यक्रम तय भएको छ । नेपालका चर्चित ७ र एक विदेशी क्लब सहित आठवटा क्लवहरुको भिडन्त रहेको १९ औं संस्करणमा सहारा क्लब पोखरा, नेपाल एपिएफ क्लब, मच्छिन्द्र क्लब, अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुन, संकटा क्लब नेपाल आयल निगम , मनाङ्ग मस्र्याङ्गदी क्लब, रुसलान थ्रिस्टार क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);