रुस्लान आठौं सिमरा गोल्डकपको तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रुस्लान आठौं सिमरा गोल्डकपको तयारी पुरा

श्याम गुप्ता
१७ माघ, बारा
राजधानी बाहिर कै प्रतिष्ठत फुटवल प्रतियोगिताको रुपमा रहेको रुस्लान सिमराको गोल्डकपको आठौं संस्करणको तयारी पुरा भएको छ । आयोजक नव जनजागृति युवा क्लबले सोमवार जिल्लाको गढीमाई नगरपालिका वडा नं.२ स्थित सिमरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

रुस्लान आठौं सिमरा गोल्डकपको तयारी पुरा

श्याम गुप्ता
१७ माघ, बारा
राजधानी बाहिर कै प्रतिष्ठत फुटवल प्रतियोगिताको रुपमा रहेको रुस्लान सिमराको गोल्डकपको आठौं संस्करणको तयारी पुरा भएको छ । आयोजक नव जनजागृति युवा क्लबले सोमवार जिल्लाको गढीमाई नगरपालिका वडा नं.२ स्थित सिमरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
 
माघ २० गते उद्घाटन हुँने प्रतियोगितामा ए डिभिजनका पाँच र मोफसलका पाँच गरी १० टिमको सहभागीता रहँने छ । आयोजक क्लबका अनुसार प्रतियोगितामा ए डिभिजनका नेपाल आर्मीको त्रिभूवन क्लब , एपिएफ क्लब , सिएमजी संकटा क्लब , हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब सहभागी हँुने छन् ।

प्रतियोगितामा मोफसलका साविक बिजेता बिजय युथ क्लब , उपबिजेता बिरगंज युनाईटेड क्लब , सहारा क्लब पोखरा , रुपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लब सहभागी हुँने छन् । अखिल नेपाल फुटवल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गर्ने प्रतियोगिताको बिजेताले पाँच लाख ५१ हजार नगद प्राप्त गर्ने छ । उपबिजेताले भने दुई लाख ५१ हजारमा चित्त बुझाउँने छ ।

प्रत्येक बर्ष पुरस्कार राशी बृद्धि गर्दै आएको आयोजकले यस बर्ष भने सो राशी बृद्धि नगरेर खेलाडी प्रोत्साहन भत्ता बढाएको छ । प्रतिस्पर्धामा जानुभन्दा पनि खेल खेल्ने खेलाडीलाई प्रोत्साहन गर्नका लागि उनिहरुलाई दिईने सुविधा बढाएको आयोजक क्लबका अध्यक्ष एवंम् प्रतियोगिता मुल आयोजक कमिटिका अध्यक्ष कासिम मियाँले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाईकल पाउनेछन् । यसैगरी प्रतियोगिता अवधीमा उत्कृष्ट खेल प्रदर्शन गर्ने गोलरक्षक , डिफेन्स , मिडफिल्ड , फरवार्ड , सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही १५ हजार नगदले पुरस्कृत गरिने क्लबका सचिव शम्भुसिंह ठकुरीले बताए । यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित हुँने खेलाडीलाई नगद पाँच हजार र ट्रफिले पुरस्कृत गरिने जानकारी ठकुरीले पत्रकार सम्मेलनमा दिए ।

आयोजकले यस बर्ष खेल अवधीमा हुँने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै ६३ जनाको जीवन बिमा गरेको छ । अध्यक्ष मियाँका अनुसार खेलाडी , रेफ्री , दर्शक , पत्रकार र प्रतियोगितामा खटिएका आयोजक क्लबका सदस्यको बिमा गरिएको हो । खेल अवधीमा घाईते भएमा ५० हजार सम्मको दुर्घटना बिमा र घाईते भई कसैको मृत्यु भएको पाँच लाख सम्मको बिमा गरिएको अध्यक्ष मियाँले बताए । झण्डी तीन महिना देखी ५१ सदस्यीय मुल आयोजक कमिटि र विभिन्न उपसमिति गठन गरेर तयारी थालेको आयोजकले खेल सञ्चालन गर्नका लागि आवश्यक सबै पूर्वाधार तयार पारेको छ । मैदान मर्मत , रंगशाला घेर्ने , प्यारापीट मर्मत लगायत सबै पूर्वाधार तयार गर्ने काम सम्पन्न भएको प्रेस तथा सञ्चार संयोजक दिवाकर भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस क्षेत्र कै उत्सवको रुपमा रहेको प्रतियोगिता नजिकिदै गएपछि सिमरालगायत आसपासका चोकलाई सजाउन थालिएको छ । रंगशाला निर्माण , फुटवल एकेडेमी सञ्चालन लगायत खेलकुदको बिकास गर्ने विभिन्न उद्देश्य सहिँत प्रत्येक बर्ष आयोजना भईरहेको प्रतियोगिता हेर्न दर्शक पनि उत्साहित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);