सिमरा गोल्डकपमा एपिएफ र संकटा आज भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिमरा गोल्डकपमा एपिएफ र संकटा आज भिड्दै

२१ माघ, बारा ।
बाराको सिमरा स्थित रंगशालामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत शुक्रवार बिभागिय टिम एपिएफ क्लब र सिएमजी संकटा क्लब बिच प्रतिस्पर्धा हुँदै छ । दुई टिम बिचको खेल सिमरा रंगशालामा दिउँसो २ बजे पछि सुरु हुँने छ । एपिएफ क्लब सिमरा गोल्डपको दोस्रो संस्करणको उपबिजेता

सिमरा गोल्डकपमा एपिएफ र संकटा आज भिड्दै

२१ माघ, बारा ।
बाराको सिमरा स्थित रंगशालामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत शुक्रवार बिभागिय टिम एपिएफ क्लब र सिएमजी संकटा क्लब बिच प्रतिस्पर्धा हुँदै छ ।  दुई टिम बिचको खेल सिमरा रंगशालामा दिउँसो २ बजे पछि सुरु हुँने छ । एपिएफ क्लब सिमरा गोल्डपको दोस्रो संस्करणको उपबिजेता हो । सिएमजी संकटाले पनि गोल्डकपको अघिल्लो संस्करणमा सहभागीता जनाउँदै आएको छ । यस अघि बिहिवार भएको उद्घाटन खेलमा आयोजक नवजनजागृति युवा क्लबलाई हराउँदै सरस्वती युथ क्लब प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरि सकेको छ । सरस्वतीको जितमा तिर्थ बस्नेत र जोनम लिगलले गोल गरेका थिए ।

प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले गरेका थिए । ए डिभिजनका पाँच र मोफसलका पाँच गरि १० टिमको सहभागीता रहेको प्रतियोगिताको बिजेताले पाँच लाख ५१ हजार प्राप्त गर्ने छ । उपबिजेताले २ लाख ५१ हजार पाउँने छ ।

प्रतियोगितामा ए डिभिजनका त्रिभूवन आर्मी क्लब , एपिएफ क्लब , सिएमजी संकटा क्लब , हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब छन् । भने मोफसलबाट साविक बिजेता बिजय युथ क्लब , उपबिजेता बिरगंज युनाईटेड क्लब , सहारा क्लब पोखरा , रुपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लब सहभागी छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाईकल पाउँने छन् । यसैगरी प्रतियोगिता अवधीमा उत्कृष्ट खेल प्रदर्शन गर्ने गोल रक्षक , डिफेन्स , मिड फिल्ड , फरवार्ड , सर्वाधिक गोल कर्ता र प्रशिक्षकलाई जनही १५ हजार नगदले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);