सिएमजी संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सिएमजी संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश

२१ माघ, बारा । बिभागिय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पन्छाउदै सिएमजी संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार भएको खेलमा एपिएफमाथी २–० को जित निकाल्दै संकटा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । बिभागयि टिमविरुद्ध संघर्षपूर्ण जित हात पार्ने क्रममा संकटाका लागि राज पौडेल र सुशिल केसीले गोल गरेका थिए । खेलको सुरुवातदेखी तालमेलमा

सिएमजी संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश

२१ माघ। बारा । बिभागिय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पन्छाउदै सिएमजी संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार भएको खेलमा एपिएफमाथी २–० को जित निकाल्दै संकटा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । बिभागयि टिमविरुद्ध संघर्षपूर्ण जित हात पार्ने क्रममा संकटाका लागि राज पौडेल र सुशिल केसीले गोल गरेका थिए । खेलको सुरुवातदेखी तालमेलमा देखिएपनि फिनिसिङ कमजोर देखिएको एपिएफमाथी संघटाले खेलको ४१ औं मिनेटमा पहिलो गोल गरेको थियो । बिदेशी खेलाडी मार्टिन अजाईले डिबक्स भित्रबाट गरेको क्रसलाई सदुपयोग गर्दै राजले बललाई पोष्टको दिशा दिएका थिए ।
 
खेलमा अग्रता लिएको पाँच मिनेट बित्न नपाउदै संकटाले अग्रता दोब्बर पारेको थियो । पहिलो हाफमा थपिएको एक मिनेटको ईन्जुरी समयमा संकटाका लागि सुशील केसीले दोस्रो गोल गरेका थिए । मार्टिनकै क्रसलाई सुशीलले सदुपयोग गरेको थियो । खेलमा दुई गोलले परेपछि दवावमा देखिएको एपिएफले दोस्रो हाफमा भने लय देखाउन सकेन् । दोस्रो हाफको सुरुवातदेखीनै संकटाले एपिएफलाई दवावमा राखेको थियो । खेलमा फर्कने केही अवसर सिर्जना गरेपनि एपिएफले सदुपयोग गर्न भने सकेन् ।

एपिएफका युवराज खड्काले थुप्रै अवसर खेल फालेका थिए । खेलमा पराजय भोगेपछि निराश बनेका एपिएफका प्रशिक्षक कुमार थापाले दोस्रो हाफमा सुधारिएर खेल्न नसक्दा हार ब्यहोर्नुपरेको बताए । संकटाका प्रशिक्षक सल्यान खड्गीले रणनितिअनुसार खेलाडीले खेलेको कारण जित हात पारेको प्रतिक्रिया दिए । एपिएफविरुद्ध अग्रता लिएपछि रक्षात्मक खेल खेलेको खड्गीले बताए ।

संकटाको जितमा उत्कृष्ट प्रदर्शन गरेका मार्टिन अजाई खेलको ‘पतन्जली म्यान अफ दि म्याच’ घोषित भए । उनले पाच हजार नगद प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शनिवार सहारा क्लब पोखरा र वीरगन्ज युनाईटेड क्लबबिच खेल हुँने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);