जीतपुरसिमरा गोल्डकप : अफ्रिकन रुट्स सेमिफाईनलमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जीतपुरसिमरा गोल्डकप : अफ्रिकन रुट्स सेमिफाईनलमा

बारा । अफ्रिकन रुट्स एसोसियन विश्वकर्मा ११ औँ जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

बाराको सिमरा रंगशालामा आईतवार बेलुकी सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २÷१ गोल अन्तरले स्तब्ध पार्दै पाहुना टोली अफ्रिकन रुट्सले अन्तिम चारको यात्रा तय गरेको हो ।

अफ्रिकन रुट्सको जितमा नजिमिले दुई गोल गरे भने आर्मीकालागि जर्ज प्रिन्स कार्कीले गोल फर्काए । खेलमा आर्मीविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा अफ्रिकन रुट्सले जीतकालागि अतिरिक्त समयसम्म संघर्ष गर्नु परेको थियो ।

पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेले । वीरगन्ज युनाईटेड क्लबलाई ४÷१ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको आर्मीले अफ्रिकन रुट्सविरुद्ध आकर्षक खेल प्रदर्शन गर्न सकेन् ।

अफ्रिकन रुट्सको गोलपछि दवावमा परेको आर्मीले दोस्रो हाफमा केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन । हार नजिक पुगेको आर्मीले खेलको ८९ औं मिनेटमा पेनाल्टी प्राप्त ग-यो ।

अफ्रिकन रुट्सका ए फेब्रिकले डिबक्स भित्र हातले बल रोकेपछि आर्मीले पेनाल्टीको अवसरमा गोल गर्न सफल रहेको थियो । अतिरिक्त ३० मिनेटको समयमा अफ्रिकन रुट्सले सुरुवातमै आर्मीविरुद्ध अग्रता लियो ।

अतिरिक्त समयको पाचौ मिनेटमा नजिमिले दोस्रो गोल गरे । प्रतियोगिता अन्तर्गत आज सशस्त्र प्रहरीको एपीएफ क्लब र बाग्मती ११ सर्लाहीबीच खेल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);