आहा रारा गोल्डकप फुटबलसमा संकटा क्लब र अफ्रिकन रुट भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आहा रारा गोल्डकप फुटबलसमा संकटा क्लब र अफ्रिकन रुट भिड्दै

काठमाडौं, २८ चैत। पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको फाइनलमा आज संकटा क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुदैछ ।

पोखरा रंगशालमा आज दिउँसो साढे २ बजे शुरुहुने खेलमा दुबै टोली पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छन् । फाइनल अघि दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।

संकटाका मुख्य प्रशिक्षक सल्यान खड्कीले पाँच पटकको प्रयासमा फाइनल पुगेको भन्दै उपाधि जित्नु नै पहिलो लक्ष्य रहेको उल्लेख गरेका छन् । संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २–० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

अफ्रिकन रुट पहिलो सहभागितामै फाइनल पुगेको हो । अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटासँगको भेट पक्का गरेको हो ।

प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैंया प्राप्त गर्ने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);