आईपीएल क्रिकेटको पहिलो खेलमा बैंगलोर विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

आईपीएल क्रिकेटको पहिलो खेलमा बैंगलोर विजयी

एजेन्सी, २८ चैत । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

चेन्नइमा शुक्रबार राती आईपीएलको उदघाटन खेलमा बैंगलोरले मुम्बईलाई २ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै पुरा ग-यो।

बैंगलोरका लागि एवी डेवीलियर्सले सर्वाधिक ४८ रन जोडे । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रनको योगदान दिए । ग्लेन म्याक्सवेलले , कप्तान विराट कोहली ३३ रन बनाए । मुम्बईका लागि मार्को जेनसन र जसप्रित बुम्राहले समान दुई–दुई विकेट लिए ।

यो खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियो। मुम्बईका क्रिस लिनले ४९ , इसान किशनले २८ र सुर्यकुमार यादवले ३१ रन बनाए ।

बैंगलोरका लागि हर्सल पटेलले सर्वाधिक पाँच विकेट लिए । उनले चार ओभरमा रन खर्चदै पाँच विकेट लिए । आज चेन्नइ सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);