आईपीएल: राजस्थान रोयल्सले पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

आईपीएल: राजस्थान रोयल्सले पहिलो जित

ipl

काठमाडौं, २० चैत । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ ।

गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित निकालेको हो । जयपुरमा बैंगलोरले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्यो । उसको जितमा जोस बट्लरले ५९ रनको योगदान दिए । यसैगरी स्टिभ स्मिथले ३८ रन जोड्दा राहुल त्रिपाठी ३४ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । बैंग्लोरका लागि पार्थिब पटेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि अन्य ब्याट्सम्यानहरुले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।गएरातीको जितसंगै राजस्थानले ४ खेलपछि पहिलो अंक जोडेको छ । छैटौं स्थानको राजस्थानको २ अंक छ । बैंग्लोरको भने यो लगातार चौंथो हार हो । चार खेलमा चार हार व्यहोरेको बैंग्लोर लिगको पुछारमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);