आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरको लगातार चौंथो जित, बैंगलोरसँग राजस्थान १० विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरको लगातार चौंथो जित, बैंगलोरसँग राजस्थान १० विकेटले पराजित

एजेन्सी । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले लगातार चौंथो जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोरले चौंथो जित निकालेको हो । राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पुरा ग¥यो ।

बैंगलोरको जितमा देवदत्त पडिकलले अविजित रहदै १ सय १ रनको शतकीय इनिङ्स खेले । त्यस्तै कप्तान विराट कोहलीले अविजित रहदै ७२ रनको इनिङ्स खेले ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

राजस्थानका लागि शिवम डुबेले सर्वाधिक ४६, राहुल टेवाटियाले ४०, रियान परागले २५, कप्तान सन्जु सामसनले २१ रन बनाउँदा क्रिस मोरिसले १० रन बनाए ।

बैंगलोरका मोहमद सिराज र हर्सल पटेलले ३÷३ विकेट लिए भने केली जेमिसन, केन रिचार्डसन र वासिङ्गटन सुन्दरले १÷१ विकेट लिए । जितसँगै ४ खेलमा ८ अंक जोड्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको छ भने राजस्थानले ४ खेलमा २ अंक जोडको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);