आईपीएल टी–ट्वान्टीः रोयल च्यालेन्जर्स बैंगलोरसँग ३७ रनले चेन्नई सुपर किङ्स पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आईपीएल टी–ट्वान्टीः रोयल च्यालेन्जर्स बैंगलोरसँग ३७ रनले चेन्नई सुपर किङ्स पराजित

एजेन्सी, २५ असोज । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चौंथो जित निकालेको छ ।

दुबईको दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा शनिबार राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बैंगलोरले चौंथो जित निकालेको हो ।

बैंगलोरले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि अम्बाती रायाडुल ४२, नारायण जागाडिस ३३, शेन वाट्सन १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए ।

बैंगलोरका लागि क्रिस मोरिसले ३ विकेट लिए । वासिङ्गटन सुन्दरको नाममा २ विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले अविजित रहदै ९० रनको अर्धशतकीय इनिङ्स खेले ।

त्यस्तै शिवम डुबेले अविजित २२ रन जोड्दा देवदुत पडीक्कलले ३३, वासिङ्गटन सुन्दरले १० रन बनाए । चेन्नईका सार्दुल ठाकुरले २ तथा साम करण र दिपक चाहरले १/१ विकेट लिए ।

जितसँगै बैंगलोरले ६ खेलमा ८ अंक जोड्दै तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);