फ्रेन्च ओपन टेनिसको फाइनलमा नाडाल र जोकोभिच भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

फ्रेन्च ओपन टेनिसको फाइनलमा नाडाल र जोकोभिच भिड्दै

एजेन्सी, २४ असोज । फ्रेन्च ओपन टेनिसको फाइनलमा राफेल नाडाल र नोभाक जोकोभिच भिड्ने भएका छन् । शुक्रबार राति भएको सेमिफाइनलको खेलमा जित निकाल्दै दुवै खेलाडीले फाइनल भिडन्त पक्का गरेका हुन् । कीर्तिमानी ग्रान्डस्लाम बराबरी गर्न उन्मुख नाडालले अर्जेन्टिनी खेलाडी डिएगो स्वर्ट्जमानमाथि ६–३, ६–३, ७–६ को जित निकाले ।

अर्को खेलमा जोकोभिचले ग्रिक खेलाडी स्टेफानोस सिट्सिपसमाथि जित निकाले । ३३ वर्षिया जोकोभिचले ग्रिक खेलाडीलाई ६–३, ६–२, ५–७, ४–६ र ६–१ को सेटमा पराजित गरे । विश्व नम्बर एक जोकोभिचले जित निकाल्दै फाइनलमा चिरप्रतिद्धन्दी नाडालसँग उपाधि भिडन्त पक्का गरे ।

नाडालले उपाधि जितेको खण्डमा उनले रोजर फेडेररको सर्वाधिक २० ग्रान्डस्लाम उपाधिको कीर्तिमान बराबरी गर्नेछन् । जोकोभिचले भने मुख्य १८ उपाधि जितेको छन् । उनी भन्दा नाडालले एक र ३९ वर्षिया फेडेररले दुई पटक मुख्य उपाधि हात पारेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);