Our Network

फागुन २१ २०७७, शुक्रबार

नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिसको उपाधि हात

एजेन्सी, ९ फागुन । सर्बियन खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । पुरुष एकलको फाइनल खेलमा आइतबार जोकोभिचले रुसका डानिल मेद्भेदेवमाथि सोझो सेटमा जित निकालेका हुन् । उनले ७–५, ६–२ र ६–२ को स्कोरमा खेल जितेका हुन् ।

अस्ट्रेलियन ओपनको यो उपाधि जोकोभिचको नवौं उपाधि हो । योसँगै जोकोभिचले १८ औं पटक ग्रान्ड स्लाम हात पारेका छन् । राफेल नाडाल र रोजर फेडेररले हालसम्म २० पटक ग्रान्डस्लाम जितेका छन् । जोकोभिच उनीहरुको उपाधि नजिक पुगेका हुन् ।

Leave a Reply