एभर्टनसँग लिभरपुल २–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

एभर्टनसँग लिभरपुल २–० गोल अन्तरले पराजित

एजेन्सी, ९ फागुन । इंग्लिश प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई पछिल्लो २२ वर्षमा पहिलो पटक उसकै मैदानमा २–० गोल अन्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ ।

सन् १९९९ पछि पहिलो पटक लिभरपुललाई उसकै मैदानमा हराउने क्रममा एभर्टनका लागि तेस्रो मिनेटमा रिचार्लिसन तथा ८३ औँ मिनेटमा पाएको पेनाल्टीमा गिल्फी सिगुर्डसनले गोल गरे ।

पराजित भएको लिभरपुल २५ खेलबाट ४० अंकसहित छैटौँ तथा एभर्टन २४ खेलबाट ४० अंकसहित सातौँ स्थानमा छ । त्यस्तै गएराति नै भएका लिग अन्तर्गतका खेलमा फुलह्यामले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गर्दा बर्नली र वेष्ट ब्रोमले गोलरहित तथा साउथह्याम्पटन र चेल्सीले १–१ को बराबरी खेलेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);