अष्ट्रेलियन ओपन टेनिसको महिला एकल उपाधि नाओमी ओसाकालाई | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अष्ट्रेलियन ओपन टेनिसको महिला एकल उपाधि नाओमी ओसाकालाई

एजेन्सी, ८ फागुन । जापानी खेलाडी नाओमी ओसाकाले अष्ट्रेलियन ओपन टेनिसको महिला एकल उपाधि जितेकी छिन् । अष्ट्रेलीयाको मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै ओसाकाले अष्ट्रेलियन ओपन टेनिसको महिला एकल उपाधि जितेकी हुन् ।

उपाधि जित्ने क्रममा तेस्रो वरीयताकी ओसाकाले २२ औं वरीयता प्राप्त ब्राडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरिन् । ओसाकाको यो दोस्रो पटक अष्ट्रेलियन ओपनको टेनिस उपाधि हो ।

यस अघि ओसाकाले सन् २०१९ मा उपाधि जितेकी थिइन् । ओसाकाको यो चौंथो ग्राण्डस्लाम टेनिस उपाधि हो ।

अष्ट्रेलियन ओपन टेनिसको पुरुष एकल उपाधिका लागि सर्वियाका नोभाक जोकोभिच र रुसका डानियल मेदभेदेबबीच आइतबार भिडन्त हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);