युएस ओपन विजेता ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

युएस ओपन विजेता ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने

एजेन्सी, २ असोज । यूएस ओपन टेनिस २०२० विजेता नाओमी ओसाकाले फ्रेन्च ओपन नखेल्ने भएकी छिन् । जापानी खेलाडी ओसाकाले चोटको कारण देखाउँदै सेप्टेम्बर २७ बाट सुरु हुने फ्रेन्च ओपन नखेल्ने भएकी हुन् । गत हप्तामात्र ओसाकाले दोस्रो पटक यूएस ओपन टेनिसको उपाधि जितेकी थिईन् । उनले करियरको तेस्रो ग्रान्डस्लामको रुपमा सो उपाधि हात पारेकी हुन् ।

न्युयोर्कमा भएको फाइनलमा ओसाकाले भिक्टोरिया अजेरिन्कामाथि १–६, ६–३ र ६–३ को सेटले हराउँदै उपाधि हात पारेकी थिइन् । उनले आफ्नो ह्यामस्टिङ्ग अझै पनि खराब अवस्थामा भएको र आफुसँग तयार हुनका लागि पर्याप्त समय पनि नभएकाले फ्रेन्च ओपन नखेल्ने बताएकी छिन् । विश्व वरियताको तेस्रो स्थानमा रहेकी ओसाका फ्रेन्च ओपनमा तेस्रो चरण भन्दामाथि पुग्न सकेकी छैनिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);