साउदर्न सिनसिनाटी ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

साउदर्न सिनसिनाटी ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

एजेन्सी,१४ भदाै । टेनिस बरियताको विश्व नम्बर वान खेलाडी नोभाक जोकोभिच अमेरिकामा सम्पन्न वेस्टर्न एण्ड साउदर्न सिनसिनाटी ओपनको उपाधि विजेता बनेका छन् ।न्युयोर्कमा शनिबार राति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् । उपाधि जित्ने क्रममा सर्बियन स्टार जोकोभिचले मिलोसमाथि १–६, ६–३ र ६–४ को सेटमा जित निकाले ।

पहिलो सेट गुमाएपनि ३३ वर्षीय जोकोभिचले उत्कृष्ट पुनरागमन गरेका थिए । त्यस्तै महिला तर्फको उपाधि बेलारुसकी भिक्टोरिया अजारेन्काले जितेकी छिन् । उनले फाइनल खेलमा जापानकी नाओमी ओसाकालाई हराउँदै उपाधि जितेकी हुन् ।

ओसाका चोटका कारण खेलमा उपस्थित हुन नसकेपछि उनले फाइनलअधि नै प्रतियोगिता त्यागेकी थिइन् । ओसाकाले फाइनल नखेल्ने भएपछि खेलबिनै प्रतियोगिताको उपाधि अजारेन्काले जितेकी हुन् । न्युयोर्कमा नै सोमबारदेखि यूएस ओपन सुरु हुँदैछ ।

Leave a Reply