इटालियन ओपन टेनिसको उपाधि जोकोभिचले उचाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

इटालियन ओपन टेनिसको उपाधि जोकोभिचले उचाले

एजेन्सी, ६ असोज । विश्व नम्बर एक नोभाक जोकोभिचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।

रोममा सोमबार राति भएको फाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् ।

सर्बियन जोकोभिचले डिएगोमाथि ७–५ र ६–३ को सेटमा जित निकाले । यससँगै जोकोभिचले पाँचौ पटक इटालियन ओपनको उपाधि जित्न सफल भएका छन् । यस्तै ३३ वर्षीय जोकोभिचले सर्वाधिक धेरै मास्टर्स उपाधि जित्ने खेलाडीको कीर्तिमान समेत बनाएका छन् । इटालियन ओपन जोकोभिचको ३६ औं मास्टर्स उपाधि हो ।

महिलातर्फको उपाधि भने रोमानियाकी सिमोना हालेपले जितेकी छिन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);