स्पेनिस खेलाडी राफायल नाडाललाई आठौंपटक इटालियन ओपन टेनिसको उपाधि | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

काठमाडौं, ७ जेठ । स्पेनिस खेलाडी राफायल नाडालले आठौंपटक इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।

नाडालले गएराति रोममा भएको फाइनलमा जर्मनीका अलेक्जेन्डर भेरेभलाई ६–१, १–६ र ६–३ को सेटमा पराजित गरी आठौं पटक इटालियन ओपन टेनिसको उपाधि जितेका हुन् । नाडालले भरेभविरुद्ध पछिल्ला ११ खेलमा ९ खेलमा जित निकालेका छन् । इटालियन ओपन टेनिसको उपाधि जितेसँगै नाडाल पुनः विश्व वरियताको शीर्ष स्थानमा फर्किने पक्का भएको छ ।

अघिल्लो हप्ता सम्पन्न मड्रिड ओपन टेनिसपछि स्वीस खेलाडी रोजर फेडेरर वरियताको शीर्ष स्थानमा उक्लिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);