राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलबाटै बाहिरिए | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलबाटै बाहिरिए

एजेन्सी, १० माघ । विश्व नम्बर एक राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् ।

यो वर्षको अष्ट्रेलियन ओपन टेनिसको उपाधी उचाल्ने नाडालको सपना समाप्त भएको छ । रिटायर्ड हर्ट भएर उनले क्वार्टरफाइन खेल त्याग गरेका हुन् । क्रोएसियाका मारिन किलिचसँग भइरहेको प्रतिस्पर्धाका क्रममा खुट्टामा लागेको चोटमा थप समस्या देखिएपछि नाडालले प्रतियोगिता छोडेका हुन् ।

नाडालले खेल छोडेपछि क्वार्टरफाइनको विजेता बनेका किलिचको अब केली एडमन्डसँग उपाधि भिडन्त हुने भएको छ । विश्व नम्बर एक स्पेनिस नाडालले आफ्नो ग्रान्डसलाम करिअरमा दोस्रो पटक रिटायर्ड हर्ट भएर कोर्ट छोड्नुपर्‍यो । २ सय ६४ ओटा ग्रान्डसलाम खेल खेलेका उनले यसअघि ब्रिटिस एन्डी मुर्रेविरुद्ध अस्ट्रेलियन ओपन अन्तर्गत नै २०१० मा भएको क्वार्टरफाइनल दौरान रिटायर्ड हर्ट हुँदै क्रिज छाड्नुपरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);