नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा

११ माघ, काठमाडौं । स्पेनी राफाल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा

११ माघ, काठमाडौं । स्पेनी राफाल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 
सोमवार राती भएको खेलमा नाडालले फ्रान्सेली गेइल मोन्फिल्सलाई ६–३, ६–३, ४–६ र ६–४ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

पहिलो र दोस्रो सेटमा जीत दर्ता गराए पनि तेश्रो सेटमा उनी कमजोर सावित भए । तर चौथो सेटमा पुनः खेलमा फर्कदै नाडालले खेल आफ्नो पक्षमा पारे । नाडालले सेमिफाइनल प्रवेशका लागी मिलोस राओनिकको सामना गर्नेछन् । राओनिकलले रोबर्टो बाउटिष्टालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका थिए ।

त्यस्तै ग्रिगोर डिमिट्रोभ पनि आफ्नो खेल जित्दै क्वाटरफाइनलमा प्रवेश गरे । त्यस्तै डेविड गोफिन पनि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);