इटालियन ओपन टेनिसको उपाधि नाडाललाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

इटालियन ओपन टेनिसको उपाधि नाडाललाई

rafael nadal

एजेन्सी, ६ जेठ । स्पेनिस राफायल नाडालले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् । इटालीको रोममा भएको फाइनलमा नोभाक जोकोविचलाई ६–०,–४–६ र ६–१ को सेटमा पराजित गर्दै नाडालले वर्षको पहिलो उपाधि जितेका हुन् ।

नाडालले विश्व नम्बर एक जोकोविचलाई हराएर उपाधि पक्का गरेका हुन् । उनले दुई घण्टा २५ मिनेटको खेलमा उपाधि जितेका हुन् ।

नाडालले इटालियन ओपन टेनिसको उपाधि नवौँपटक जितेका हुन् । नाडाल गएको जनवरीमा अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा जोकोविचसँग पराजित भएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);