दोश्रो संस्करणको अन्तराष्ट्रिय कराँते प्रतियोगिता काठमाण्डौमा हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दोश्रो संस्करणको अन्तराष्ट्रिय कराँते प्रतियोगिता काठमाण्डौमा हुँदै

Karate

काठमाडौं, ७ जेठ । दोस्रो संस्करणको अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता अर्को साता आयोजना हुने भएको छ ।

आयोजक तोयाकान नेपाल बादोरियो कराते डो संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ १० र ११ गते आयोजना हुने जानकारी गराएको हो ।स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराको साथ हुने प्रतियोगिता काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा नं ९मा हुनेछ ।प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि ४ सय भन्दा बढी खेलाडीको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा नेपाल, भारत ,श्रीलंका, बंगलादेश, जापान र पाकिस्तानका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा काता र कुमिते गरि ३० विधामा ३० स्वर्ण, ३० रजत र ६० कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);