हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज मंसिरमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज मंसिरमा

काठमाडौं । आगामी मंसिर तेस्रो साता हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज हुने भएको छ । प्रदेश खेलुकद विकास परिषद्, बाग्मती प्रदेश तथा जिल्ला साईक्लिङ संघ रसुवाको आयोजनामा पहिलो संस्करणको हाई अल्टिच्युड माउण्टेन बाईक च्यालेन्ज हुन लागेको हो । च्यालेन्ज आगामी १८ मंसिरमा हुनेछ ।

तीन बिधामा आयोजना हुने प्रतियोगिताको इलिटतर्फ मात्रै महिलाको सहभागीता रहँदा पुरुषतर्फ इलिट, जुनियर र मास्टर गरी तीन बिधामा प्रतिस्पर्धा हुनेछ । 

जिल्ला साईक्लिङ संघ रसुवाले प्रतियोगिताको रुट समेत तय गरेको छ । बाईक च्यालेन्च कालिका गाउँपालिकाको सहिदगेट कालिकास्थानबाट सुरू भई घुम्ती बजार, लामाटोल, गुम्बाडाँडा, स्याउबारी हुँदै नौकुण्ड गाउँपालिका, लोकिल, आरुखर्क, गाुर्म, सस्र्युङ, किमार्जोङ, साल्चेत र जीवजीवहुँदै ३५ किलोमिटर पार गर्दै कालिका हिमालय क्याम्पसमा पुगेर पुरा हुनेछ । 

प्रतियोगिता आयोजनाको लागि प्रदेश खेलकुद विकास परिषद् र जिल्ला साईक्लिङ संघ रसुवाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जसअन्तर्गत प्रतियोगिता आयोजना गर्न प्रदेश खेलकुद परिषद्ले जिल्लालाई १० लाख उपलब्ध गराउनेछ । 

आयोजकले खुल्ला प्रतियोगितामा एक सय ५० जना प्रतिस्पर्धी सहभागी हुने जनाएको छ । जसको सम्पूर्ण खर्च प्रदेश खेलकुद विकास परिषद्ले व्यहोर्नेछ । 

प्रतियोगिताको इलिटतर्फको प्रथमदेखि दशौंसम्मको विजेताले ४० हजार, २० हजार, १५ हजार, सात हजार, ६ हजार, पाँच हजार, चार हजार, तीन हजार, दुई हजार र एक हजार प्राप्त गर्नेछन् ।  यस विधामा महिला तथा पुरुष दुबैको सहभागीता रहनेछ । 

यस्तै, मास्टर र जुनियर तर्फको प्रथमदेखि तृतीयसम्मको विजेताले १५ हजार, १० हजार र सात हजार पाउने छन् । 

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले साहसिक खेल आयोजना गर्न प्रदेशले छुट्टै कार्यक्रम ल्याएको र त्यसअन्तर्गत यस प्रतियोगिता परेको समेत जानकारी गराए । यस्तै उनले हिमाली क्षेत्र छानेर प्रतियोगिता गरेको र खेलको ट्रयाक समेत राम्रो भएको बताए । उनले अर्को बर्ष यस प्रतियोगितामा विदेशी खेलाडीको समेत सहभागीता गराउने लक्ष्य रहेको बताए । 

यता, नेपाल साईक्लिङ संघका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपतिले केन्द्रबाट जिल्ला चलायमान होस् भनेर प्रदेश खेलकुद विकास परिषद्सँग समन्वय गरि प्रतियोगिता आयोजना गरेको बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);