नासाको स्पेस–एक्स ‘क्रू–१२’ मिसन सफलतापूर्वक पृथ्वीमा फर्कियोः २३७ दिनको अन्तरिक्ष यात्रा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८३, शनिबार

नासाको स्पेस–एक्स ‘क्रू–१२’ मिसन सफलतापूर्वक पृथ्वीमा फर्कियोः २३७ दिनको अन्तरिक्ष यात्रा सम्पन्न

अमेरिकी अन्तरिक्ष संस्था नासाको स्पेस–एक्स ‘क्रू–१२’ मिसन आठ महिना लामो अन्तरिक्ष यात्रा पूरा गर्दै बिहीवार सफलतापूर्वक पृथ्वीमा फर्किएको छ । चार अन्तरिक्षयात्री बोकेको स्पेस–एक्स ड्र्यागन क्याप्सुल क्यालिफोर्नियाको लस एन्जलस नजिकको समुन्द्रमा सुरक्षित अवतरण गरेको हो । नासाकाअनुसार बुधवार बिहान ८ः०५ बजे (पूर्वी समय) अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अलग्गिएको स्पेस–एक्स ड्रयागन अन्तरिक्षयानले बिहीवार बिहान ११ः३४ बजे समुन्द्रमा स्प्लास डाउन गर्दै आफ्नो यात्रा बिट मारेको छ । गत फेब्रुअरी १३ मा फ्लोरिडास्थित केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट प्रक्षेपण गरिएको यो मिसन २३७ दिनसम्म अन्तरिक्षमा सक्रिय रह्यो ।

यस मिसनमा नासाका अन्तरिक्षयात्री जेसिका मीर र ज्याक ह्याथवे, युरोपेली अन्तरिक्ष संस्थाकी सोफी एडेनोट तथा रुसी अन्तरिक्ष संस्था रोस्कोस्मोसका एन्ड्रे फेद्याएभ सहभागी थिए । अन्तरिक्षमा रहँदा उनीहरूले विभिन्न वैज्ञानिक परीक्षण र प्रविधियुक्त प्रदर्शनहरू सम्पन्न गरेका छन् । लामो समयको शून्य गुरुत्वाकर्षण वातावरणमा बिताएर फर्केका चालक दलका सदस्यहरूको अब स्वास्थ्य परीक्षण र पुनस्र्थापना प्रक्रिया शुरु गरिनेछ । यो सफल अवतरणसँगै स्पेस–एक्स र नासाको सहकार्यमा अन्तरिक्ष अन्वेषणको यात्राले अर्को कोशेढुङ्गा पार गरेको छ ।

Leave a Reply