टर्कीका विदेशमन्त्री हाकान फिदानले हालै सम्पन्न मेक्का संयुक्त रक्षा सम्झौता विशुद्ध रक्षात्मक प्रकृतिको भएको स्पष्ट पार्दै आफ्नो देशले अन्य कुनै मुलुकमा आक्रमण गर्न आफ्ना सेना परिचालन नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । टर्कीका विदेशमन्त्री हाकान फिदानले एक विशेष वक्तव्यमार्फत मेक्का संयुक्त रक्षा सम्झौताको औचित्यमाथि प्रष्ट पार्दै यस्तो धारणा सार्वजनिक गर्नुभएको हो । गत अगस्ट ७ मा साउदी अरेबिया, टर्की र पाकिस्तानबीच भएको यस सम्झौताले कुनै एक पक्षमाथिको आक्रमणलाई सबैमाथिको आक्रमणका रूपमा लिने व्यवस्था गरेको छ ।
हालैका दिनहरूमा साउदी अरेबियामाथि हुथी समूहबाट भइरहेका सीमापार प्रहारलाई मध्यनजर गर्दै, सम्झौतामा हस्ताक्षर गरेका तीन राष्ट्रहरूले साउदी भूमिमा ‘आवश्यक बल र क्षमताको तीव्र परिचालन’ गर्ने सहमति जनाएका छन् यमनमा साउदी समर्थित सरकारी फौज र विद्रोही हुथी समूहबीच जारी द्वन्द्वका बारेमा सोधिएको प्रश्नमा विदेशमन्त्री फिदानले टर्कीले शान्तिपूर्ण संवादमार्फत नै समस्याको समाधान खोजिरहेको बताउनु भयो । द्वन्द्वलाई दीर्घकालीन रूपमा हल गर्न टर्कीले आफ्नो तर्फबाट अधिकतम कुटनीतिक पहल जारी राखेको उहाँको भनाइ छ । यो सम्झौताले जटिल क्षेत्रीय सुरक्षा परिस्थितिमा तीन राष्ट्रबीचको सहयोगलाई बलियो बनाए पनि यसको कार्यान्वयन पूर्णतः रक्षात्मक ढाँचामा सिमित रहने टर्कीको यो अडानले क्षेत्रीय भू–राजनीतिक तरंगलाई केही हदसम्म शान्त पार्ने अपेक्षा गरिएको छ ।
This website uses cookies.