कप्तान अरुणा शाही भन्छिन्– काभा महिला भलिबलमा घरेलु कोर्टको फाइदा उठाउँछौं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कप्तान अरुणा शाही भन्छिन्– काभा महिला भलिबलमा घरेलु कोर्टको फाइदा उठाउँछौं

काठमाडौं । भलिबल इतिहासमा नेपालमा अहिले सम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ । जेठ दोस्रो साताबाट आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा भएको नेपाल भलिबल संघले जनाइसकेको छ । नेपाली महिला खेलाडी घरेलु कोर्टको भरपुर सदुपयोग गर्दै राम्रो प्रतियोगिता खेल्ने बताएका छन् ।

नेपाल भलिबल संघको आयोजनामा आगामी जेठ ८ गते देखि १४ गते सम्म काभा महिला भबिल च्यालेन्ज कप प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिताका लागि नेपाली टोली बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको छ । बेल्जियन प्रशिक्षक जान डी ब्रान्टसहित नेपाललाई यसअघि दुई पटक सेन्ट्रल जोन च्याम्पियन बनाएका जगदीश भट्ट, भरत यादव र कोपिला उप्रेती सम्मिलित टिमले नेपाली टोलीलाई प्रशिक्षण दिइरहेका छन् । सधैँजसो बुधवार नेपाली टोली अभ्यासमा तल्लिन रहँदा केही ब्लकर खेलाडीहरुमा सिजनल फ्लू देखिएको छ । नेपालसहित ८ राष्ट्रले प्रतिष्पर्धा गर्ने प्रतियोगिताको तयारी राम्रो भएको नेपाली टोली मुख्य प्रशिक्षक जान डे ब्रान्टले जानकारी दिए । मुख्य प्रशिक्षका ब्रान्टले विपक्षी टोलीको रणनीति अनुसार खेल्दै घरेलु कोर्टको भरपुर फाइदा उठाउने बताए । तीन महिने प्रशिक्षण कालमा टोलीका धेरै सुधार आएको र विदेशी खेलाडीसँग प्रतिष्पर्धा गर्नसक्ने टोली निमार्ण भएको प्रशिक्षक ब्रान्टले थपे ।

घरेलु भूमिमा आयोजना हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को लागि १४ सदस्यीय टोली घोषणा भइसकेको छ । अन्तिम टोलीको राम्रो भएको र लामो प्रशिक्षणबाट टोलीले राम्रो अनुभव लिएको नेपाली टोलीकी कप्तान अरुणा शाहीले बताइन् । यसपटक १४ सदस्यीय टोलीमा ६ नयाँ अनुहार समेटिएका छन् । जसमा घुँडाको चोटका कारण टोलीका भरपर्दा तथा नियमित स्पाइकर प्रतिभा मालीसँगै टोलीका सदस्य सेटर कृपा अधिकारी टोलीमा स्थान बनाउन सकेनन् । प्रतिभाको स्थान पूरा गर्ने री तयारी गरिरहेको कप्तान शाहीले थपिन् ।

करिव एक साता चल्ने प्रतियोगिताका लागि दुई खेलाडी निरुता ठगुन्ना र पुनम चन्दले टोलीमा पुनरागमन गर्दा कप्तान अरुणा शाही, सरस्वती चौधरी, साफिया पुन, उषा भण्डारी, कामना बिष्ट र सलिना श्रेष्ठ टोलीका पुराना खेलाडी हुन् । प्रतियोगिता जेठ ८ गतेदेखी १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ । प्रतियोगितामा सहभागी ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् । त्यसतै समूह बी मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् ।

प्रतियोगितामा सहभागि हुने टोलीका लागि सबै व्यवस्थपन अन्तिम चरणमा पुगेको हो । आयोजक नेपालले उद्घटन खेलमा कीर्गिस्तानसँग खेल्नेछ । सोही दिन उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ । नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग, र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ । राउण्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिष्पर्धा गर्नेछन् । कुल २० खेल हुने च्यालेन्ज कपमा उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल र समापन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले गर्ने भलिबल संघले जनाएको छ । २ करोड ७१ लाख अनुमानित बजेट रहेको प्रतियोगिताका लागि आयोजकले विभिन्न समिति बनाएर तयारी गरेको बताइएको छ । यसअघि दुवै पटक बंगलादेश गएर खेलेको नेपाल यस पटक घरेलु कोर्टमा घरेलु समर्थकअघि खेल्न उत्साहित छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);