काभा महिला भलिबलमा आज सेमिफाइनलका खेल, नेपाल र काजखस्तान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काभा महिला भलिबलमा आज सेमिफाइनलका खेल, नेपाल र काजखस्तान भिड्दै

काठमाडौं, १२ जेठ । नेपालमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा आज सेमिफाइनलका खेलहरु हुनेछन् । आज भारत र उज्वेकिस्तान तथा घरेलु टोली नेपाल र काजखस्तानबीच सेमिफाइनल खेल हुनेछ । प्रतियोगिता अन्तर्गत शुक्रवार नै उज्वेकिस्तान र भारतबीच पहिलो सेमिफाइनल खेल दिउँसो साढे दुई बजे हुनेछ । नेपाल दोस्रो सेमिफाइनल काजखस्तानसँग  साँझ ५ बजे भिड्नेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार सम्पन्न खेलमा किर्गिस्तानले माल्दिभ्ससँग जित निकाल्दा अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको हो । दुवै टोलीको जितसँगै विजेता दुई टोलीको भिडन्त पाँचांै स्थानका लागि तय भएको हो । प्लेअफ अन्तर्गत बिहीवार भएको पहिलो खेलमा किर्गिस्तानले माल्दिभ्समाथि ३–० को सहज जित दर्ता गरेको हो । किर्गिस्तानले माल्दिभ्सलाई २५–२०,२५–२० र २५–१५ ले हराएको हो । पाँचौ स्थानका लागि शनिवार खेल हुनेछ ।

प्रतियोगिता अन्तर्गत बिहीवार नै भएको अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई ३–० को सेटमा जित निकाल्दै किर्गिस्तानसँगको भेट पक्का गरेको हो । रोमाञ्चक खेलमा श्रीलंकाले बंगलादेशमाथि २५–१६, २५–१५ र २५–७ को सहज जित निकालेको हो । यससँगै छैठौं र सातांै स्थानका लागि प्रतिष्पर्धा गर्ने टोलीको पनि टुङ्गो लागेको छ । यस स्थानका लागि माल्दिभ्स र बंगलादेशबीच प्रतिष्पर्धा हुनेछ । दुवै सेमिफाइनल विजेताका बीचमा आईतवार फाइनल खेल हुनेछ । नेपाल घरेलु कोर्टमा च्याम्पियनको ह्याट्रिक गर्ने लक्ष्यमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);