काभा महिला भलिबल च्यालेन्ज कपः किर्गिस्तान र श्रीलंका पाँचौ स्थानका लागि खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काभा महिला भलिबल च्यालेन्ज कपः किर्गिस्तान र श्रीलंका पाँचौ स्थानका लागि खेल्ने

काठमाडौं । नेपालमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा किर्गिस्तान र श्रीलंका पाचौं स्थानका लागि प्रतिष्पर्धा गर्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा किर्गिस्तानले माल्दिभ्ससँग जित निकाल्दा अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको हो । दुवै टोलीको जितसँगै विजेता दुई टोलीको भिडन्त पाँचांै स्थानका लागि तय भएको हो । प्लेअफ अन्तर्गत बिहीवार भएको पहिलो खेलमा किर्गिस्तानले माल्दिभ्समाथि ३–० को सहिजत जित दर्ता गरेको हो । किर्गिस्तानले माल्दिभ्सलाई २५–२०,२५–२० र २५–१५ ले हराएको हो । पाँचौ स्थानका लागि शनिवार खेल हुनेछ ।

प्रतियोगिता अन्तर्गत बिहीवार नै भएको अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई ३–० को सेटमा जित निकाल्दै किर्गिस्तानसँगको भेट पक्का गरेको हो । रोमाञ्चक खेलमा श्रीलंकाले बंगलादेशमाथि २५–१६, २५–१५ र २५–७ को सहज जित निकालेको हो । यससँगै छैठौं र सातांै स्थानका लागि प्रतिष्पर्धा गर्ने टोलीको पनि टुङ्गो लागेको छ । यस स्थानका लागि माल्दिभ्स र बंगलादेशबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिता अन्तर्गत शुक्रवार नै उज्वेकिस्तान र भारतबीच पहिलो सेमिफाइनल खेल दिउँसो साढे दुई बजे हुनेछ । त्यस्त नेपाल र काजकिस्तानबीच दोस्रो सेमिफाइनल खेल शुक्रवार साँझ ५ बजे हुनेछ । दुवै सेमिफाइनल विजेताका बीचमा आईतवार फाइनल खेल हुनेछ । नेपाल घरेलु कोर्टमा च्याम्पियनको ह्याट्रिक गर्ने लक्ष्यमा रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);