नेपाल र बंगलादेश भिड्दै, जित कस्को ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल र बंगलादेश भिड्दै, जित कस्को ?

काठमाडौं । काभा यु–२३ भलिबल प्रतियोगिताको सेमिफाइनलमा आइतबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

ढाकामा जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहँदै बंगलादेश अन्तिम चारमा प्रवेश गरेको हो । नेपाल लगातार तीन खेलमा पराजित भएपनि सेमिफाइनलमा स्थान बनायो ।

लिग चरणको पहिलो खेलमा बंगलादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा श्रीलंकाले समेत सोझो सेटमै हराउँदा शनिबार नेपाल कीर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो ।

दोस्रो सेमिफाइलनमा आज श्रीलंका र किर्गिस्तान पनि प्रतिस्पर्धा गर्नेछन् । विजेता टोली स्वर्ण पदकको लागि फाइनलमा भिड्नेछन् । पराजित टोली कास्य पदकको लागि पून खेल्नेछन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);