एपीएफ र न्यू डायमन्ड समूह विजेता, यस्तो छ सेमिफाइनल समीकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एपीएफ र न्यू डायमन्ड समूह विजेता, यस्तो छ सेमिफाइनल समीकरण

काठमाडौं । विभागीय एपीएफ क्लब र न्यू डायमन्ड  एकेडेमी एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा समूह विजेताको रूपमा सेमिफाइनमा प्रवेश गरेका छन् ।

बिहीबार बिहान भएको महिलातर्फको खेलमा विजयी हुँदै विभागीय एपीएफ क्लब र न्यू डायमन्ड एकेडेमी समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेका हुन् । यो सँगै सेमिफाइनल समीकरणसमेत पूरा भएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहान ८ बजे सुरु भएको खेलमा एपीएफले चिरपरिचित अर्काे विभागीय नेपाल पुलिस क्लबलाई पराजित गरेको हो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको एपीएफले अर्काे विभागीय प्रतिद्वन्द्वी पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्‍याे । 

समूह ए को खेलमा एपीएफले पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट पुलिसले अनुभवी र युवा खेलाडीको बलियो प्रदर्शनमा २५–२१ ले जित्यो । यसपछिका दुई सेटमा एपीएफले २५–१८ र २५–१९ ले नियन्त्रणमा लियो । 

जितसँगै समूह ए को एपीएफले दुई खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । पराजित पुलिस भने दुई खेलबाट तीन अंक जोड्दै समूह उपविजेताको रूपमा अन्तिम चारमा स्थान बनायो । समूह ए बाट ढोरपाटन बाहिरियो । 

यस्तै महिलातर्फकै दोस्रो खेलमा न्यू डायमन्ड एकेडेमीले विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै समूह बी को विजेताको रूपमा सेमिफाइनलमा स्थान बनायो । बिहान भएको खेलमा न्यू डायमन्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्‍याे । 

राष्ट्रिय खेलाडीले भरिएका दुवै क्लबबीचको खेल निकै नै प्रतिस्पर्धात्मक रहे पनि न्यू डायमन्डले सोझो सेटमा बाजी मारेको हो । न्यू डायमन्डले निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट २७–२५, दोस्रो सेट २५–२२ तथा तेस्रो सेट २५–२० ले आफ्नो कब्जामा पारेको थियो । 

जितसँगै न्यू डायमन्डले समूह बी बाट दुई खेलमा ६ अंक बनायो । पराजित आर्मीको भने दुई खेलबाट तीन अंक रह्यो । समूह बी बाट एभरेस्ट भलिबल क्लब अर्काे चरणमा प्रवेश गर्न असफल रह्यो । 

यो खेलसँगै महिलातर्फको सेमिफाइनल सेमिकरणसमेत पूरा भएको छ । अब पहिलो सेमिफाइनलमा समूह ए को विजता एपीएफ क्लबले समूह बी को उपविजेता त्रिभुवन आर्मीको सामना गर्नेछ । यस्तै समूह बी को बिजेता न्यू डायमन्ड एकेडेमीले समूह बी को उपविजेता नेपाल पुलिससँग फाइनल प्रवेशको लागि खेल्नेछ । 

नेपाल भलिबल संघले (एनभीए) को आयोजना जारी च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता छ । यस प्रतियोगिताको उत्कृष्ट हुने पुरुषतर्फ सात र महिलातर्फका पाँच क्लब चैतमा आयोजना हुने एनभीए भलिबल लिगको लागि छनोट हुनेछन् ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);