पुलिस र एपीएफ आरबीबी एनभीए क्लब भलिबलको क्वाटरफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पुलिस र एपीएफ आरबीबी एनभीए क्लब भलिबलको क्वाटरफाइनलमा

rbb volleyball

काठमाडौं, ७ माघ । विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लब आरबीबी एनभीए राष्ट्रिय महिला पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खृेलकुद परिषद राखेपको कभर्ड हलमा मंगलबार समूह चरणको अन्तिम खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ’सी’ को विजेता भएर क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पुलिसले मणिमुकुन्दमाथि २५–१४, २५–२० र २५–१४ को सेटमा जित निकाल्यो । जितसँगै समूह ’सी’ को पुलिसले २ खेलमा ६ अंक जोड्यो । मणिमुकुन्द क्लब पनि समूह उपविजेता बन्दै अन्तिम आठमा पुग्न सफल भयो ।

यसैगरी समूह बीमा पुरुषतर्फ नै एपीएफले जावलाखेल भलिबल केन्द्रलाई ३–० को सेटमा हराएर समुह विजेता हुदै क्वार्टर फाइनलमा पुगेको हो । एपीएफले जावलाखेललाई २५–१४, २५१० र २५–९ ले पाखा लगायो । यस समूहबाट बुलबुले रारा उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्यो ।

समूह ’ए’ बाट त्रिभुवन आर्मी क्लब विजेता र नयाँबजार सामाजिक युवा क्लब उपविजेता तथा समूह ’डी’ बाट हेल्प नेपाल स्पोर्टस क्लब विजेता र बुद्धटोल युवा भलिबल क्लब उपविजेता बन्दै अन्तिम आठमा पुगिसकेका छन् ।

नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);