अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको विश्व वरियतामा नेपाल यथावत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको विश्व वरियतामा नेपाल यथावत

icc

काठमाडौं, ७ माघ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको विश्व वरियतामा नेपाल यथावत, नयाँ वरियतामा अनुसार नेपाल एक दिवसीयतर्फ १७ औं स्थानमा रहेको छ।

आईसीसीले सोमबार सार्वजनीक गरेको नयाँ वरियतामा अनुसार नेपाल एक दिवसीयतर्फ १७ औं स्थानमा छ । यसअघि समेत नेपाल सोही स्थानमा रहेको थियो । १९ रेटिङ पाएको नेपाल अहिलेसम्मकै खराब वरियतामा रहेको हो । एक दिवसीयतर्फ नेपालको सर्वाधिक उच्च वरियता १४ औ स्थान हो ।

एक दिवसीयमा इंग्ल्याण्ड शीर्ष स्थानमा रहेको छ भने दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा दक्षिण अफ्रिका र पाँचौ स्थानमा अस्ट्रेलिया रहेको छ ।

यस्तै, टी–ट्वान्टी वरियतामा समेत नेपाल यथावत छ । टी–ट्वान्टीतर्फ नेपाल १२ औं स्थानमा रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);